Logo
Logo

पिपुल्स भोलिन्टियरद्वारा शिक्षण अस्पतालमा सरसफाई


दृष्टि संवाददाता

441
Shares

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको युवा संघले त्रिवि शिक्षण अस्पताल परिसरमा सरसफाई गरेको छ ।

शनिबार विहान युवासंघको पिपुल्स् भोलेन्टियर (पीभी)ले साढे त्रिवि शिक्षण अस्पताल परिसरमा सरसफाइ गरेको हो ।

युवाहरुलाई समाजप्रतिको दायित्व र कर्तव्य बोध गराउने तथा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले ूमहिनामा २ दिन—२ घण्टा मेरो, राष्ट्रका लागि, भन्ने स्वयं सेवकीय अभियान संचालन गर्ने निर्णय गरिएको युवा संघले आज उक्त अस्पतालमा सफाई गरेको हो ।

युवा संघले यो अभियान प्रत्येक महिनाको २ वटा शनिवार २÷२ घण्टा देशैभरी निरन्तर संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्