Logo
Logo

जापानबाट पहिलो चरणमा ल्याइयो ५ लाख १३ हजार डोज खोप


दृष्टि संवाददाता

1.1k
Shares

काठमाडौं । जापानबाट कोरोनाविरुद्धको कोभिशिल्ड खोप नेपाल ल्याइएको छ । जापानले पठाउने भनेको १६ लाख डोजमध्ये पहिलो चरणमा आज शनिबार बिहान ९ बजे पाँच लाख १३ हजार डोज खोप ल्याएको हो ।

स्वास्थ्य सेवा विभागले आइतबार थप दुई लाख ८७ हजार डोज खोप आउने र बाँकी ८ लाख खोप अर्को साता आइपुग्ने जनाएको छ । कोभिशिल्ड खोप आएसँगै यसअघि पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकले दोस्रो मात्रा लगाउन पाउने छन् ।

स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले कोभिशिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई यही साउन २५ गतेदेखि खोप दिइने बताए ।

खोप उपलब्धता अनुसार क्रमशः वितरण गर्ने उक्त खोप अभियान प्रदेश १ र २ मा सुरु हुन भने केही दिन ढिलो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्