Logo
Logo

मेस्सी पीएसजी जाने, औपचारिक घोषणा हुन बाँकी


दृष्टि संवाददाता

5.5k
Shares

काठमाडौं । लियोनल मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने भएका छन् ।

मेस्सीकाे भविष्यका बारेमा विकसित भएका घटनाक्रम अपेक्षा गरिएको भन्दा द्रुत गतिमा भइरहेको स्पेनिस खेलकुद पत्रिका मार्काले जनाएको छ ।

मार्काले क्याटलान क्लब बार्सिलोनाले बिहीबार आर्थिक र संरचनागत अवरोधले मेस्सीसँग नयाँ सम्झौता हुन नसकेको जानकारी दिएपछि शुक्रबार कतारका अमिरका भाइले अर्जेन्टाइन स्टारले पीएसजीका लागि हस्ताक्षर गर्न लागेको जनाकारी दिएको उल्लेख गरेको छ।

फुटबल क्लब पीएसजीका मालिकका भाइ खालिद बिन हमद बिन खलीफा अल-थानीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै मेस्सीसँग कुराकानी पूरा भएको र चाँडै यसबारे औपचारिक घोषणा हुने दाबी गरेका छन्।

अल-थानीले ट्विटरमा लेखेका छन्, “आधिकारिक रुपमा कुराकानी समाप्त भएको छ, पछि मेस्सीको घोषणा हुनेछ।’

अल थानीले मेस्सीबारे दिएको जानकारी त्यतिबेला आएको छ जतिबेला पेप गर्डिओलाको म्यान्चेस्टर सिटीले मेस्सीसँग सम्झौताको लागि प्रयासमा नरहेको शुक्रबार प्रिम्याच प्रेस कन्फरेन्समा जनाएको थियो। पेपले दुई राज्यको स्वामित्व भएको क्लबले मेस्सीलाई ल्याउन सक्षम हुने बताएका थिए।

च्याम्पियन्स लिग ट्रफिको प्रतिक्षामा रहेको पीएसजीमा अब सर्जियो रामोस र मेस्सीले आठौं ट्रफी पार्सदेश प्रिन्सेस ड्रेसिङ रुममा ल्याउने अपेक्षा गरिएको मार्काले उल्लेख गरेको छ।

विश्व चर्चित खेलाडीहरु क्लबमा भित्र्याएपनि पीएसजीले अहिलेसम्म च्याम्पिएन्स लिगको उपाधी उचाल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्