Logo
Logo

ओलीको अहंकारले पार्टीमा समस्य : माधव नेपाल


दृष्टि संवाददाता

1.4k
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेत माधवकुमार नेपालले पार्टीमा ‘म सबैथोक जान्ने सर्वज्ञानी हुँ’ भन्ने अहंकारले पार्टीमा समस्य पैदा भएको बताए छन् ।

फाइल फोटो

शनिबार आफू पक्षीय जनवर्गीय संगठनहरुले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले अध्यक्ष ओलीप्रति संकेत गर्दै अहंकारले पार्टीभित्र समस्य देखिएको टिप्पणी गरेका हुन् । उनले पार्टीभित्र देखिएको समस्या समाधान गर्नका लागि आफू एक्लैको प्रयासले सम्भव नहुने पनि बताए ।

उनले भने, ‘हामीकहाँ पनि अहंकारका प्रवृत्तिहरु देखा परे । सामूहिकताका भावनाहरु हराउन थाले । अरुका ज्ञानका अनुभवहरुलाई बेवास्ता गर्न थालियो । मै सबथोक सर्वज्ञानी हुँ भन्ने अहंकार, घमण्ड बढेर गयो । र, पार्टीमा समस्या देखा पर्याे ।’

नेता नेपालले पार्टीलाई नयाँ जीवन दिन भन्दै अरुले जस्तो ‘बाँदरे नाच’ नाच्ने काम नगर्न पनि आफू पक्षीय जनवर्गीय संगठनका नेता, कार्यकर्तालाई आह्वान गरे । इमान्दार बन्नुपर्ने, असल संस्कार बोक्नुपर्ने, अरुको मानमर्यादामा आँच पु¥याउने काम कसैले पनि गर्न नहुने उनको भनाइ थियो ।

नेता नेपालले सिंगो कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाएर देश र जनताको सेवामा समर्पित भएर लाग्ने प्रतिवद्धता समेत व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्