Logo
Logo

टोकियो ओलम्पिक : स्पेनलाई पराजित गर्दै ब्राजिलले जित्यो स्वर्ण


दृष्टि संवाददाता

1.8k
Shares

एजेन्सी । जापानमा जारी टोकियो ओलम्पिक अन्तर्गतको पुरुष फुटबलको स्वर्ण ब्राजिलको यू– २३ टिमले जितेको छ ।

शनिबार जापानको टोकियोमा भएको फाइनल खेलमा स्पेनलाई २–१ गोलले पराजित गर्दै ब्राजिलले स्वर्ण पदक जितेको हो । यसअघि ब्राजिलले रियो ओलम्पिक २०१६ मा पनि पुरुष फुटबलमा स्वर्ण जितेको थियो ।

ब्राजिलले शनिबार अतिरिक्त समयमा जित निकालेको हो । पहिलो हाफको इन्जुरी टाइममा ब्राजिलका माथेअस कुन्हाको गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए ।

६१ मिनेटमा स्पेनका मिकेल ओयार्जाबालले बराबरी गोल फर्काउन सफल भए । अतिरिक्त समयमा ब्राजिलका सब्स्सिच्युट खेलाडी माल्कोनले गोल गरेका थिए । उनले १०८ मिनेटमा गोल गरेका थिए ।

त्यसअघि खेलको ३८ मिनेटमा ब्राजिलका रिचार्लीसन प्राप्त पेनाल्टीमा गोल गर्न असफल भएका थिए । उनको प्रहार क्रसबारमा लागेको थियो ।

ब्राजिलले लगातार दोस्रो पटक ओलम्पिक फुटबलमा स्वर्ण जितेको हो । यस अघि ब्राजिलले घरेलु भूमिमा २०१६ मा भएको रियो ओलम्पिकमा समेत स्वर्ण जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्