Logo
Logo

दृष्टिका दश हेडलाइन्स् : कोरोनाको तेस्रो लहर आउने चेतावनीदेखि एसईईको नतिजा प्रकाशितसम्म


दृष्टि संवाददाता

315
Shares

१. कोभिड–१९ महामारीको तेस्रो लहर नेपालमा पनि छिट्टै सुरु हुने लक्षण देखिएको भन्दै सजकता अपनाउन प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रह, शनिबार एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाद्वारा सरकारको एक्लो प्रयासले मात्र महामारीसँग लड्न सम्भव नभएकाले सबै मिलेर यसलाई पार लगाउनुपर्नेमा जोड, अत्यन्त आवश्यक परेका बेला मात्र बाहिर निस्कन, स्वास्थ्य मापदण्ड अपनाउन, बाहिर निस्कनु अघि नाक र मुख राम्ररी छोपिने गरी मास्क लगाउन, भौतिक दूरी कायम गर्न आम नागरिकसँग आग्रह ।

२. नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानलाई अक्षुण्ण राख्दै जनतामा निहित सार्वभौमसत्ता रक्षाका खातिर एकताबद्ध भएर अघि बढ्न सरकारलाई सरकार संचालनका लागि गठित कार्यदलको सुझाव, सामाजिक हित, सामाजिक–आर्थिक न्याय र लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रहँदै समुन्नत नेपाल निर्माणमा लाग्नपर्नेमा जोड, कोरोना महामारीबाट उत्पन्न मानवीय सङ्कट समाधानलाई प्रमुख प्राथमिकतामा राख्न सरकारलाई सुझाव ।

३. बाढी प्रभावित जनतालाई सरकारले पूर्णरूपमा सहयोग गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रतिवद्धता व्यक्त, सिन्धुपाल्चोक र मनाङमा १०० वर्ष यताकै ठूलो बाढी र पहिराले धेरै क्षति पुर्याएको उल्लेख गर्दै यसको समाधानका लागि भूगर्भविद्बाट अध्ययन गराएर दीर्घकालीन योजना बनाउने आश्वासन, सरकारले तत्कालका लागि प्रभावित जनताको बसोबास र खाद्यान्न व्यवस्था गर्नु पर्नेमा जोड ।

४. विघटित भूमिसम्बन्धी आयोगमा देखिएको प्रक्रियागत, कानूनी र प्राविधिक कमीकमजोरी हटाई सबैलाई समेट्ने गरी आयोग गठन गरी भूमिहीनलाई जग्गाको स्वामित्व प्रदान गरिने गृहमन्त्री बालकृष्ण खाँणको भनाइ, संविधानको मौलिक अधिकारमै भूमिहीन र दलितलाई यी कुराको सुुनिश्चिता गरेको भन्दै सरकारले संविधान र प्रक्रियागतरुपमा नागरिकका सरोकारका विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता, आयोग गठनका सन्दर्भमा देखिएका कमीकमजोरीलाई सुधान गर्न सरकारले आयोग विघटन गर्नुपरेको प्रष्टोक्ति ।

५. पार्टीमा मौलाएको ‘म सबैथोक जान्ने सर्वज्ञानी हुँ’ भन्ने अहंकारले समस्य पैदा भएको नेकपा एमालेका वरिष्ठ नेत माधवकुमार नेपालको भनाइ, पार्टी भित्रको विवाद समाधान गर्दै एकता कायम गर्न आफू कृयाशिल रहेता पनि आफ्नो मात्र चाहनामा समस्या समाधान सम्भव नरहेको धारणा, सिंगो कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाएर देश र जनताको सेवामा समर्पित भएर लाग्ने प्रतिवद्धता ।

६. कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोपको रुपमा एस्ट्राजेनेका प्रदान गरिने, कोभिशिल्ड खोप लगाएकालाई साउन २५ र २६ गते एस्ट्राजेनेका खोप दोस्रो मात्राको रुपमा प्रदान गरिने स्वाथ्य तथा जनसंख्या मन्त्रालयको निर्णय, यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लक्षित समूहलाई लगाइने ।

७. राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईईको नतिजा प्रकाशित गर्यो, विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर चार लाख ८४ हजार २७८ विद्यार्थीको नतिजा सार्वजनिक, नतिजा सार्वजनिक गरिए पनि कति विद्यार्थीले कुन जिपए पाए भन्ने विवरण सार्वजनिक भएन, कोरोना भाइरस संक्रमण बढेपछि यस वर्ष विद्यार्थीको भौतिकरुपमा परीक्षा सञ्चालन नगरी विद्यालयको आन्तरिक मूल्याङ्नका आधारमा एसईईको नतिजा सार्वजनिक ।

८. जलविद्युत् कम्पनीको संस्थापक शेयरमा लगानी गरेका लगानीकर्ताको तीन वर्षको ‘लकिङ पिरियड’ सकिएर धमाधम मूल्य बढाएर बिक्री गर्न थालेपछि धितोपत्र बजारमा नयाँ नयाँ कीर्तिमान कायम हुँदै, शेयर बजारको कारोबार मापक नेप्सेमा लगातार वृद्धि, यो साता १५ अर्बभन्दा बढी कारोबार, केन्द्रीय बैंकले बैंक तथा लघुवित्त संस्थाको लाभांश वितरणमा कडाइ गरे पनि बजारमा त्यसको खासै प्रभाव परेन ।


९. जापानमा जारी टोकियो ओलम्पिक अन्तर्गतको पुरुष फुटबलको स्वर्ण ब्राजिलको यू–२३ टिमले जित्यो, शनिबार भएको फाइनलमा स्पेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै ब्राजिल स्वर्ण जित्न सफल, ब्राजिललाई जित दिलाउन माथुएस कुन्हा र माल्कोमद्धारा एक–एक गोलको योगदान ।


१०. सम्पतिको मूल्य परिवर्तनको संयुक्त प्रभावमा जुलाई महिनामा चीनको वैदेशिक मुद्रा सञ्चितिको परिधि बढ्यो, अगष्ट ७ तारिखको तथ्याङ्कअनुसार चालू वर्षको जुलाई महिनाको अन्तसम्म चीनको वैदेशिक मुद्रा सञ्चितिमा संलग्न रकम ३२ खर्ब ३५ अर्ब ९० करोड अमेरिकी डलर पुग्यो, वैदेशिक मुद्रा सञ्चिति यस वर्षको जुन महिनाको तुलनामा २१ अर्ब ९० करोड अमेरिकी डलरभन्दा बढी ।

प्रतिक्रिया दिनुहोस्