Logo
Logo

अस्ट्राजेनेका खोप साउन २५ र २६ गते लगाइने


दृष्टि संवाददाता

1k
Shares

काठमाडौं । कोभिशिल्डको दोस्रो मात्रा लगाउन नपाएका नागरिकलाई साउन २५ र २६ गते खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्डको पहिलो मात्रा लगाएकालाई अस्ट्राजेनेका खोप दिन लागेको हो ।

जापानले कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध गराउने भनेको १६ लाखमध्ये ५ लाख डोज खोप शनिवार काठमाडौं आइपुगेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ५ लाख १३ हजार ४२० खोप प्राप्त भएको जानकारी गराउँदै आइतवार थप ५ लाख खोप ल्याइएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत खोप केन्द्रका प्रमुख झलक शर्मा गौतमले सोमवारदेखि हाल खोप उपलब्ध गराइरहेका खोप केन्द्रबाट कोभिशिल्ड लगाएका ६५ वर्षभन्दा माथिका नागरिकलाई लगाउने निर्णय गरिएको जानकारी दिए । सरकारले गतवर्ष फागुन २३ देखि चैत ३ गतेसमम ६५ वर्षमाथिका वृद्धलाई कोभिशिल्ड खोप लगाएको थियो ।

उनले अस्ट्राजेनेका र कोभिशिल्ड फरक ठाउँमा उत्पादन भएपनि दुवै खोप एकै प्रकृतिको भएको बताउँदै उक्त खोप दिन लागिएको बताए । ‘कोभिशिल्ड पनि अस्ट्राजेनेकाकै सूत्रमा बनेको खोप हो, अस्ट्राजेनेका खोप लगाउँदा यसले प्रभावकारिता बुस्ट गर्छ,’ उनले भने । आइतवार पनि जापानबाट खोप आउन लागेको जानकारी गराउँदै उनले आगामी सातासम्ममा १६ लाख नै खोप आइपुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्