Logo
Logo

एमाले विवादः अझै भेटिएन मिलनबिन्दु


दृष्टि संवाददाता

756
Shares

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूले उठाएका प्रतिनिधिसभा पुनस्थापनालगायत महत्वपूर्ण राष्ट्रिय अजेन्डा स्थापित गर्न सफलता हासिल गरे पनि पार्टीको आन्तरिक विवादलाई भने जित्न सकेका छैनन् ।

प्रतिनिधिसभा पुनःस्थापना भए पनि फागुन २८ पछि निरन्तर पार्टीभित्र आन्तरिक संघर्षमा रहेका उनी विवाद निरूपणमा भने सशक्त रूपमा उत्रिन सकेका छैनन् ।

पार्टीको आन्तरिक विवाद निरूपण गर्न आफूनिकट नेताहरूसँग निरन्तर छलफल चलाइरहेका नेता नेपालले अध्यक्ष केपी शर्मा ओली पक्षसँग परोक्ष रूपमा संवाद प्रक्रिया पनि अघि बढाएका छन् । तर अझै मिलनबिन्दु भेटिएको छैन । पार्टी विवाद मत्थर नभएसम्म संघर्ष गर्नुको विकल्प पनि उनीसँग छैन । नेपाल पक्षीय अधिकांश स्थायी तथा केन्द्रीय कमिटी सदस्यले उनलाई पार्टीभित्रै संघर्ष गर्न सुझाएका छन् । सुझावप्रति नेपाल लचिलो देखिएका छन् ।

ओली अहिले राष्ट्रिय अजेन्डामा कमजोर भएको र त्यसमा आफ्नो पक्षको जित भएको दाबीसहित नेपाल पक्षधर केन्द्रीय सदस्यले अन्तिम अवस्थासम्म पनि सम्मानजनक एकताको पक्षमा उभिनुपर्ने बताएका छन् ।

बिहीबार र शुक्रबार चलेको केन्द्रीय कमिटी बैठकमा अधिकांश सदस्यले पार्टीभित्र सम्मानजनक एकताको मत राख्नुपर्ने बताएपछि वरिष्ठ नेता नेपालले सम्बोधनका क्रममा आफू निकै जिम्मेवार भएको उल्लेख गर्दै केन्द्रीय सदस्य तथा अन्य नेताहरूलाई पनि जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न निर्देशन दिएका थिए ।

उनले त्यसक्रममा संयमित भएर अभिव्यक्ति दिन पनि सबै नेतालाई आग्रह गरेका थिए । उनले अध्यक्ष ओली सुध्रनेवाला नभए पनि अन्तिम अवस्थासम्म पार्टी एकताकै पक्षमा रहने बताएका थिए ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्