Logo
Logo

दाइको मिर्गौला तस्कर खोज्दा आफ्नै गुम्यो


दृष्टि संवाददाता

945
Shares

काठमाडौं । आफ्ना दाइको मिर्गौला बेच्ने तस्करहरूबारे सूचना खोज्ने क्रममा उनीहरूकै जालोमा परेर काभ्रेको बनेपा–५ का २८ वर्षीय युवाले आफ्नो मिर्गौलासमेत गुमाएका छन् । उनको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय बनेपाले तीन जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

दीपक श्रेष्ठको नाममा नक्कली नागरिकतालगायत कागजात बनाइदिएर उनको मिर्गौला काठमाडौंकी एक महिलालार्ई दिइएको हो । भारतको कोलकातामा मिर्गौला प्रत्यारोपण भएको थियो । पीडितको जाहेरीका आधारमा संलग्नलाई पक्राउ गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाले बताए ।

प्रहरीले भुम्लुका ३५ वर्षीय राजकुमार भनिने कुमार परियार, उनकै भाइ ३३ वर्षीय देवराज भनिने सुरेश परियार र पाँचखालका ३१ वर्षीय कुमार परियारलाई शुक्रबार बनेपाबाट पक्राउ गरेको हो ।

उनीहरूले विभिन्न प्रलोभनमा पारेर गिरोहमार्फत पीडितलाई भारतका विभिन्न अस्पताल लैजाने काम गर्दै आएका थिए । पक्राउ परेकामध्ये २ जना आफैंले आफ्नो मिर्गौला बेचबिखन गरेका छन् ।

२०७२ सालको भूकम्पअघि आफ्ना दाजुले मिर्गौला बेचेको थाहा पाएपछि २८ वर्षीय ती युवाले गिरोहलाई कारबाही गराउने योजना बनाएको दाबी गरेका छन् ।

‘मादक पदार्थ सेवन गरी सुतेका बेला दाइको शरीरमा लामो खत देखें । सोधखोज गर्दा मिर्गौला बेचेको भन्ने पत्ता लाग्यो,’ ती युवाले भने, ‘दाइको यस्तो घटना थाहा पाएपछि तस्करहरूलाई कारबाही गराउनुपर्छ भन्ने सोच आयो । उनीहरूको जालो त पत्ता लगाएँ तर अन्तिममा आफैं उम्किन सकिनँ ।’, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्