Logo
Logo

मेयरले कार्यकक्षमै मसाज गराएपछि…


दृष्टि संवाददाता

4.6k
Shares

काठमाडौं । धनुषमा मेयरको कार्यकक्षमै मसाज गराएको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । धनुषाको बिदेह नगरपालिकाका मेयर बेचन दासले कार्यकक्षमै सोफोमा सहयोगीबाट मसाज गराउँदै गरेको तस्वीर भाइरल भएको हो ।

तस्वीरमा बेचन कार्यालयको सोफामा आराम गरिरहेका छन् भने कार्यालय सहयोगी करण दासले खुट्टामा मसाज गरिरहेको देखिन्छ ।

स्रोतका अनुसार उक्त कोठाभित्र मसाज गराएको तस्वीर भने झ्यालबाट एक स्थानीय व्यक्तिले कैद गरेर सामाजिक संजालमा राखिदिएका हुन् । उक्त तस्वीर भाइरल भएपछि मेयर बेचनको आलोचना भइरहेको छ ।

मेयर बेचनले भने आफू बिरामी भएपछि कार्यकक्षमै मसाज गराएको बताएका छन् । यी तस्वीरहरु हालको नभई जेठ महीनाकै भएको उनको भनाई छ ।

एक्कासी बेहोस जस्तै भएको र शरीर पनि काप्न थालेको अवस्थामा मसाज गर्न लगाएको भन्दै यसलाई सामान्य रुपमा लिनुपर्ने, सामान्य कुरालाई अतिरञ्जित गरिएको भन्दै उनले गुनासो समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्