Logo
Logo

सरकारको साझा कार्यक्रमबारे गठबन्धनका नेताबीच छलफल


दृष्टि संवाददाता

378
Shares

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेता र सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेको कार्यदलका सदस्यहरुबीच छलफल जारी छ । छलफल प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छ ।

कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरु सम्मिलित कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेर साउन २४ गते शीर्ष नेताहरुलाई बुझाएको थियो । साझा कार्यक्रममा मन्त्रीहरुको आचारसंहिता, सरकारका प्राथमिकता, संघीयता सुदृढीकरणलगायत विषय समेटिएको छ ।

सरकारले आजै न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्