Logo
Logo

‘जमिनमाथिको व्यक्तिगत स्वामित्व अन्त्य गर्नुपर्छ’


दृष्टि संवाददाता

1.1k
Shares


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम भूमिसुधार लागु गरेर सुकुम्बासी र भूमिहीनको समस्या समाधान गर्नुपर्ने बताएका छन् । आइतबार राष्ट्रियसभा बैठकमा बोल्दै नेता गौतमले भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्न जमिनमाथिको व्यक्तिगत स्वामित्व अन्त्य गर्नुपर्ने बताएका हुन् ।

उनले व्यक्तिगत जमिनलाई चलनचल्तीको भाउमा सरकारले खरिद गर्नुपर्ने र भूमि उपयोगको नीति बनाउनुपर्ने बताउँदै भने, ‘जमिनमाथि व्यक्तिगत स्वामित्व जहिलेसम्म हुन्छ, त्यसबेलासम्म एकथरि मानिस त्यसलाई उपयोग गरेर धनि हुने, अर्काथरि मानिसहरु सुकुम्बासी हुँदैहुँदै जाने ?’

उनले व्यक्तिगत जमिनलाई सरकारले किन्ने अनि त्यसलाई लिजमा दिने र त्यो कहाँनेर कसरी उपयोग गर्ने भन्ने ठाउँमा नजाँदासम्म सुकुम्बासी जन्माउने प्रक्रिया बन्द नहुने बताए । एउटा भूमि आयोग विघटन गर्ने र अर्को आयोग गठन गर्ने काम नगर्न उनले सरकारलाई सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्