Logo
Logo

स्थानीय तहलाई प्रदेश मातहत ल्याउने प्रस्तावबाट पछि हट्यो गठबन्धन


दृष्टि संवाददाता

567
Shares

काठमाडौं । स्थानीय तहलाई प्रदेश मातहत ल्याउने प्रस्तावबाट सत्तारुढ गठबन्धन पछि हटेको छ । संयुक्त सरकार संचालनका लागि बनाइएको न्यूनतम साझा कार्यक्रममा ‘स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउन आवश्यक कार्य गर्ने’ प्रस्ताव गरिएको छ ।

यसअघि स्थानीय तहलाई प्रदेश मातहत ल्याउने गठबन्धनको प्रस्तावलाई व्यापक विरोध भएको थियो । प्रस्ताव बाहिरिएसँगै सत्ता साझेदार नेपाली कांग्रेससमेत त्यसको विरोधमा उभिएपछि न्यूनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलले उक्त प्रस्तावको स्वामित्वबाट पछि हटेको हो ।

शनिबार राजधानीमा कार्यक्रम गरेर सरोकारवाला संस्थाहरू गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले यसमा आपत्ति जनाउँदै नसच्याए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

न्यूनतम साझा कार्यक्रमको बुँदा नं. ३.२ (२)मा रहेको ‘राष्ट्रिय सुरक्षाको जिम्मा सुरक्षा फौजको मात्र नभइ सम्पूर्ण नागरिकको हो भन्ने मान्यतालाई स्थापित गर्ने’ बुँदामा समेत कांग्रेस असहमत देखिएको छ ।

कांग्रेसको असहमति पछि उक्त बुँदा पनि हटाइएको छ । न्यूतम साझा कार्यक्रम परिमार्जनका लागि सत्तारुढ दलको कार्यदल बैठक आइतबार बिहान बसेको थियो । सरकारले आज सोमबार अपरान्ह ४ बजे नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्