Logo
Logo

जुवाडे भगाएर जुवाको पाँच लाख प्रहरीको खल्तीमा


दृष्टि संवाददाता

427.7k
Shares


कैलाली । अवैध जुवा हरेक जिल्लामा प्रहरीको प्रमुख आर्थिक स्रोत हुने गरेको छ । कतै जुवाडेलाई संरक्षण गरेर त कतै उन्मुक्ति दिएर । कैलालीमा प्रहरीले जुवाको पैसा आफुले राखेर जुवाडेलाई उन्मुक्ति दिएको खुलेको छ ।


धनगढी उपमहानगरपालिका वडा नं ३ बडहरा स्थित एएफसी रेस्टुरेन्टमा प्रहरीले सोमबार छापा मारेकोमा जुवाडेलाई छाडेर पैसा भने आफुले लुकाएको थियो । जिल्ला प्रहरी कार्यालय र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) को संयुक्त टोलीले त्यहाँ छापा हानेको थियो । सो घटनाको हाल छानबिन गर्न एसएसपीकाे नेतृत्वमा समिति गठन भएको छ ।


वरिष्ठ प्रहरी उपरीक्षक जनकराज पाण्डेयको नेतृत्वमा प्रहरी उपरीक्षक दिलिप देउवा र प्रहरी निरीक्षक हिक्मत वोहरा सदस्य रहेको छानबिन समिति गठन भएको हो । घटना सार्वजनिक भएपछि त्यसरी भगाइएका रेस्टुरेन्ट सञ्चालक तथा जुवाडेलाई प्रहरीले पछि पक्राउ गरेको थियो । उनीहरुको समेत बयान लिने काम भइरहेको स्रोत बताउँछ ।

घुमुवा टोलीका इन्चार्ज प्रहरी नायव निरीक्षक केशव जोशीको नेतृत्वमा आरआईटीका तीन जना र जिल्ला प्रहरीका दुई गरि जम्मा ५ जनाको टोली सिभिल पोशाकमा छापा मार्न गएको थियो । प्रहरीले छापा मार्दा ठूलो जुवा चलिरहेको थियो । प्रहरी देखेपछि केही जुवाडेहरू पछाडी तिर भागेर गए। होटललाई घेरा हालेका सिभिल पोशाकमा रहेको प्रहरी टोलीले भागेकालाई समेत धकेल्दै भित्र ल्याएका थिए ।


एकछिनपछि नाटकीय रुपमा सबै जुवाडेलाई प्रहरीले भगाएर खालको पाँच लाख भन्दा धेरै खल्तीमा हालेको स्रोत बताउँछ । यसमा कैलालीका एसपी विश्व अधिकारीको समेत मिलेमतोको आशंका गरिएको छ । घटनास्थल जिप्रकाबाट करिब तीन किलोमिटरको दुरीमा छ । यसरी जुवाडे भगाउने एसपीकै घुमुवा प्रहरी हुन् ।

प्रतिक्रिया दिनुहोस्