Logo
Logo

काठमाडौं उपत्यकाको बाहिरी चक्रपथ अघि बढाउन निर्देशन


दृष्टि संवाददाता

10.2k
Shares

काठमाडाैं । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौं उपत्यकाको बाहिरी चक्रपथ निर्माणको काम चाँडो अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले काठमाडौँ उपत्यका र उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउन पनि बाहिरी चक्रपथ निर्माणको काम चाँडो अघि बढाउन निर्देशन दिएको हो ।

बैठकले काठमाडौं उपत्यकाका सहायक मार्गको निर्माण कार्य छिटो सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । त्यसैगरी सहायक मार्ग निर्माणको स्रोतको सुनिश्चितता गरेर मात्रै निर्माण कार्य अघि बढाउन पनि सरकारलाई समितिले निर्देश गरेको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

बैठकले बजेट वक्तव्यमा समेटिएका कतिपय योजनाहरूको स्रोत सुनिश्चित नभएको प्रति ध्यानाकर्षण भएको भन्दै स्रोत सुनिश्चितताका आधारमा मात्र वार्षिक कार्य योजना बजेट वक्तव्यमा समेट्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्