Logo
Logo

उपेन्द्रले बोलाए जसपाको केन्द्रीय समिति बैठक


दृष्टि संवाददाता

378
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक बस्ने भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले भदौ १ र २ गतेका लागि केन्द्रीय समिति बोलाएका हुन् ।

जसपा नेता नवराज सुवेदीका अनुसार काठमाडौंमा बस्ने गरी बोलाइएको बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संगठन विस्तार, कार्यविभाजनलगायत विषयमा छलफल हुनेछ ।

यसअघि पार्टी एकीकरण भई जसपा बनेपछि हालसम्म केन्द्रीय समिति बैठक बस्न सकेको थिएन । निर्वाचन आयोगले आफूलाई पार्टीको आधिकारिकता दिएसँगै अध्यक्ष यादवले बैठक बोलाएका हुन् । जसपाको केन्द्रीय समितिमा ८०१ सदस्य छन्।

प्रतिक्रिया दिनुहोस्