Logo
Logo

काठमाडौंमा कांग्रेस संस्थापन इतर जिल्ला सभापतिहरु भेला हुँदै


दृष्टि संवाददाता

693
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला आज हुँदै छ । संस्थापन इतर जिल्ला सभापतिहरुले १४ औं महाधिवेशन पूर्वनिर्धारित मिति भदौ १६ मा नहुने भएपछि काठमाडौंमा भेला भएर अनौपचारिक छलफल गर्न लागेका हुन् । भेला आज र भोलि दुई दिनसम्म चल्ने छ ।

क्रियाशील सदस्यता विवाद, पार्टीको १४ औं महाधिवेशन, सरकारको कामकारबाही र आगामी चुनावमा केन्द्रित रहेर छलफल गरी आवश्यक रणनीति बनाउने तयारी छ । यो छलफल अनौपचारिक भएको उनीहरुले बताएका छन् ।

यसअघि काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुसँग पौडेल पक्षका नेताहरुले पटक÷पटक छलफल गर्दै आएका थिए । ती छलफलहरुमा सहभागीहरुले अब सबैसँग छलफल गर्नुपर्ने राय दिएपछि संयुक्त रुपमा छलफल गर्न बिभिन्न जिल्लाका कांग्रेस सभापतिहरु काठमाडौं आएका छन् ।

प्रतिक्रिया दिनुहोस्