Logo
Logo

श्याम कक्षपतिको निधन


दृष्टि संवाददाता

303.5k
Shares

काठमाडाैं । प्रतिष्ठित पर्यटन व्यवसायी श्याम कक्षपतिको निधन भएको छ । सोमबार दिउँसो बैंककको एक अस्पतालमा उहाँको निधन भएको परिवारले जनाएको छ ।

कक्षपति हानका पूर्वअध्यक्ष हुनुहुन्थ्यो । नेपालमा क्याफे संस्कार भित्र्याउने कक्षपति नाग्लो ग्रुपका संस्थापक हुनुहुन्थ्यो ।

बेकरी क्याफे चेन रेष्टुराँ खोलेर ममःलाई ब्राण्डिङ गर्ने उहाँ लामो समयदेखि मुखको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । करिब दुई महिना अगाडि उपचारका लागि उहाँलाई बैंककको ब्रुमुनगार्ड अस्पतालमा भर्ना गरिएको थियो ।

किमोथेरापीपछि उहाँको स्वास्थ्यमा सुधार आएको उहाँकी श्रीमती रानीदेवी कक्षपतिले दृष्टिलाई बारम्बार रिर्पोटिङ गर्दै आउनुभएको थियो । तर, अचानक भएको उहाँको निधनको खबरले सिंगो पर्यटन क्षेत्र स्तब्ध छ ।

दिवंगत कक्षपति शुभतारा स्कुलका संस्थापक समेत हुनुहुन्थ्यो । कोभिडका कारण स्कुल सञ्चालनमा समस्या थपिएपछि उहाँले शुभतारा स्कुल बन्द गर्ने निर्णय गर्नुभएको थियो ।

दृष्टि परिवार दिवंगत कक्षपतिप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।

प्रतिक्रिया दिनुहोस्