Logo
Logo

भदौ २३ अघि महाधिवेशन हुनैपर्ने पौडेल पक्षको अडान


दृष्टि संवाददाता

1.7k
Shares

काठमाडाैं । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षले भदौ २३ अघि महाधिवेशन हुनुपर्ने अडान राखेकाे छ ।

महामन्त्री डा. शशाङ्‍क कोइराला निवासमा बसेको पौडेल पक्षको बैठकले महाधिवेशन तोकिएको अवधिमा नहुने संशय पैदा भएसँगै बसेको पौडेलपक्षको बैठकले तल्लो संरचनाको अधिवेशन छोट्याएर भए पनि केन्द्रको महाधिवेशन गर्नुपर्ने निचोड निकालेको हो।

साउन २८ मा केन्द्रीय समितिको बैठक बोलाइएको छ। त्यसअघि नै क्रियाशील सदस्यताको विवाद टुंग्याउनुपर्ने पक्षमा पौडेल समूह देखिएको छ।

तल्लो संरचनाका अधिवेशन छोट्याएर केन्द्रीय महाधिवेशन समयमा गर्न सकिने उक्त समूहको निष्कर्ष छ। वडा, क्षेत्रीय र प्रदेश अधिवेशन गरेर केन्द्रको गर्न सकिने विकल्प अघि सारिएको छ।

क्रियाशील सदस्यताको कार्य ९८ प्रतिशत सकिएकोले तोकिएको समयमा महाधिवेशन गर्न सकिने पौडेलपक्षको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्