Logo
Logo

सीमामा सशस्त्र प्रहरीको सेटिङ


दृष्टि संवाददाता

7.9k
Shares

काठमाडौं । सीमा क्षेत्रमा कुन हदसम्मको तस्करी मौलाएको छ भन्ने पछिल्ला केही घटनाले प्रष्ट पारेको छ । सशस्त्र प्रहरीका अधिकृतहरु मोटो रकम बुझाएर तथा उच्च तहका नेतालाई खुशी बनाएर बिओपी जान थालेको छ ।

हालै रुपदेहीको बोर्डर आउट पोष्ट डण्डामा इन्सपेक्टर कृष्ण अर्यालले एकल काज सरुवा गराए । गृहमन्त्री बालकृष्ण खाणबाट निर्देशन दिन लगाएर उनले यसरी काज सरुवा गराएका हुन् । सशस्त्र प्रहरीमा बिशेष अवस्थामा बाहेक काज सरुवा हुँदैन ।

फाइल तस्बिर

सशस्त्र प्रहरीमा सामान्यतया श्रावण भाद्र महिनामा सबै दर्जाको सरुवा हुन्छ । त्यसमा पनि बिओपीमा सरुवा गर्दा सम्बन्धित जिल्लाको गणमा इन्सपेक्टरको दरबन्दी हालिन्छ र त्यसपछि सोहि जिल्लाको बिओपीमा मुख्यालयले एकै पटक सबै बिओपिमा काज सरुवा गर्छ । तर अर्यालको हकमा त्यसो भएन । ३१ नम्बर गण पुर्वी नबलपरासीमा कार्यरत उनलाइ माथिको ठाडो आदेशमा २७ नम्बर गण मातहतको बिओपिमा पठाइयो त्यो पनि अन्यको सरुवा नहुंदै । यसरी सरुवाको एक मात्र उद्देश्य कमाउ नै भएको प्रष्ट हुन्छ ।

इन्सपेक्टर अर्याल यसअघि सो बिओपी भन्सार गुल्म हुंदा त्यहीँ कार्यरत थिए । त्यसैबेलादेखि त्यहाको तस्करीको सेटिङ उनीलाई थाहा थियो । सोही कारण गृहमन्त्री खाँणलाई खुशी बनाएर एकल सरुवा गराएको स्रोत बताउँछ । जसले संगठनलाई नै बदनाम गराएको छ । उहाँ हाजिर भए लगत्तै तस्करीको धन्दा सुरु भइसकेको एक प्रहरी बताउँछन् ।

उनी सो बिओपिमा हाजिर हुनु अघि ५ नम्बर बाहिनीका डिआइजी किशोर प्रधानलाई भेटेका थिए । डिआइजी प्रधानले अरु कर्मचारीभन्दा फरक ब्यबहार गर्दै उल्टो आफ्नो मिसन पुरा गर मेरो कुनै हस्तक्षेप हँुंदैन भन्दै निरिहता प्रस्तुत गरेका थिए ।

यता प्रदेश २ अन्तरगतको छिन्नमस्ता बाहिनी मातहतका सीमा नाकाबाट तस्करी मौलाएको छ । बिशेषगरी सर्लाही जिल्लाबाट तस्करी मौलाएको हो । केही दिनको बीचमा सिमा नाका बाट झन्डै ३० किलोमिटर उत्तरतर्फ पुर्बपश्चिम राजमार्गमा रहेको हरिवन स्थित सुरक्षा बेशले ४० लाख बढीको अबैध सामान तथा संकास्पद धातु पक्राउ गर्न सफल भएबाट पनि यो कुरा प्रमाणित हुन्छ । ती सामान त्यहाँसम्म आउन गणको नजिकै बाटो भएर आउनु पर्छ भने सर्लाहीमा ९ वटा बिओपि समेत छ्न् । सर्लाहीस्थित गणका एसपी गंगाराम श्रेष्ठको मिलेमतोमा ती सामान तस्करी भएको स्रोत बताउँछ । सिमा नाकामा हुने यस्ता अबैध कार्यलाइ बाहिनीका बाहिनीपति डिआइजी चन्द्रप्रकाश गौतमको संरक्षण रहेको प्रहरी स्रोतको भनाई छ । सरुवा हुने बेला भएको भन्दै डिआइजी गौतमले तस्करीको सेटिङमा लागेका कर्मचारीलाई अप्रत्यक्ष रुपमा सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्