Logo
Logo

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची


दृष्टि संवाददाता

504
Shares


काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । संसद सचिवालयले बिहान ११ बजे बैठकमा विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको जनाएको छ ।

मंगलबारको बैठकमा विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङले ‘रेल्वे विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै बैठकमा ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पनि पेस हुने कार्यसूची रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’, ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि आजको बैठकमा पेस गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्