Logo
Logo

लुम्बिनी बाणिज्य क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीले गरे तोडफोड


दृष्टि संवाददाता

378
Shares

काठमाडौं । नेविसंघ र अखिल क्रान्तिकारीले बुटवलस्थित लुम्बिनी बाणिज्य क्याम्पसमा तोडफोड गरेका छन् । आज (मंगलबार) बिहान मोटरसाइकलमा आएका नेविसंघ र अखिलका नेता/कार्यकर्ताले क्याम्पस तोडफोड गरेका हुन् ।

क्याम्पस प्रशासनले जनाए अनुसार नेविसंघ र अखिल क्रान्तिकारीले क्याम्पस भवनको झ्लायमा रहेका सीसा फुटाउनुका साथै विभिन्न सामग्री तोडफोड गरेको हो ।

उनीहरूले लेखा शाखा, परीक्षा शाखालगायतमा तोडफोड गरेको क्याम्पस प्रमुख ताराप्रसाद उपाध्यायको भनाई छ । नेविसंघ र अखिल क्रान्तिकारीले कम्प्युटर, कुर्सी र महत्वपूर्ण कागजातहरूसमेत भुइँमा फालिदिएका छन् ।

गत साउन ८ मा अनेरास्ववियुबाहेक अन्य चार विद्यार्थी संगठनले क्याम्पस प्रमुखकको कार्यकक्षमा तालाबन्दी गरेका थिए । नेविसंघ र अखिल क्रान्तिकारीले त्रिविका पुराना पाठ्यक्रम चलाउन र नयाँ थप गरेका पाठ्यक्रम बन्द गर्न दवाव दिइरहेका छन् ।

विद्यार्थी संगठनहरुले क्याम्पसमा यसअघि सञ्चालन भइरहेका बिबिएस र एमबिएसका पठनपाठन चलाउन र एमबिए, बिबिए, एमबिएम लगायतका पाठ्यक्रम बन्द गर्न माग गर्दै आएका छन् । क्याम्पसमा अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ, अखिल (छैठौं) र अखिल क्रान्तिकारीले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्