Logo
Logo

असाधारण जनमतबाट प्रधानमन्त्री बन्ने ओलीको दाबी


दृष्टि संवाददाता

1.4k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असाधारण जनमतबाट फेरि प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष ओलीले मुल ढोका र असाधारण जनमतबाटै पुनः प्रधानमन्त्री बन्ने दाबी गरेका हुन् ।


सम्बोधनका क्रममा ओलीले भने– ‘‘हेरिराखे हुन्छ । म मूलबाटो, मूल ढोकाबाटै फेरी आउँछु । असाधारण जनमतबाट पुनः प्रधानमन्त्री बन्छु ।’ बिगतमा आफूले काम गरेको देखेर नेपाली जनताले मत दिएर प्रधानमन्त्री बनाएको भन्दै ओलीले फेरी पनि नेपाली जनताकै मतबाट प्रधानमन्त्री हुने ठोकुवा गरे ।

देश र जनताको सेवाका निम्ति जन्मिएको भन्दै उनले आफू प्रधानमन्त्री हुन नजन्मिएको तर काम गर्दै जाँदा प्रधानमन्त्री भएको बताए ।

ओलीले सरकार परिवर्तन भएपछि दसैँ आए जसरी उफ्रिएको भन्दै विपक्षी प्रति व्याङ्ग्य गरेका छन् । उनले भने– ‘सरकार परिवर्तन हुँदा गठबन्धनका नेताहरू दसैँ आए जसरी उफ्रनुभएको थियो । एक महिनासम्म बधाई खाइरहनुभएको छ ।’

सम्बोधनका क्रममा ओलीले वर्तमान सरकारले सुकुम्वासी भूमिहीन आयोग विघटन गरेर गरिब जनताको घाँटी रेटेको समेत आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्