काठमाडाैं । मैलुङ खोला जलविद्युत आयोजनाको आइपीओ मंगलबार बाँडफाँट भएको छ।
२० लाख ६७ हजार ९६७ जनाले कम्पनीको सेयरमा आवेदन दिएका मध्ये ६८ हजार ४ सय ६८ जनाले १० कित्ताका दरले र ६ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन् ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीका कर्मचारीले १४ हजार ७२६ कित्ता, म्युचुअल फण्डले ३६ हजार ८१४ कित्ता र सर्वसाधारणले ६ लाख ८४ हजार ७४६ कित्ता सेयर पाएका छन्।
कम्पनीले साउन १८ गते देखि २४ गते सम्म सात लाख ३६ हजार २८६ कित्ता सेयर बिक्रीमा ल्याएको थियो।
२ हजार ८४३ जनाको ३८ हजार ६८० कित्ताका लागि गरेको आवेदन भने रद्द भएको क्यापिटलले जनाएको छ।