Logo
Logo

नेप्से अहिलेसम्मकै उच्च विन्दुमा


दृष्टि संवाददाता

882
Shares

काठमाडाैं । नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा पुगेकाे छ ।

मंगलबार ५१ दशमलव ८६ अंकले बढेकाे नेप्से ३ हजार १ सय ६१ दशमलव ४४ विन्दुमा पुगेको हाे ।

३ करोड ३५ लाख ३५ हजार २ सय १३ कित्ता सेयर किनबेचमा १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २९७ रूपैयाँ कारोबार भएको छ । यो रकम गत जेठ ३१ गतेपछिको सबैभन्दा बढी हो ।

नेप्सेका अनुसार मंगलबारको कारोबारमा विभिन्न १३ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। बेस्ट फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, गुह्यश्वरी मर्चेन्ट बैंक, आईसीएफसी फाइनान्स, प्रोगेसिभ फाइनान्स, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, सिन्धु विकास बैंक, जीवन विकास लघुवित्त, साइन रेसुङ्‍गा डेभलपमेन्ट बैंक र युनियन लाइफ इन्स्योरेन्सको सेयरमा सकारात्मक सर्किट लागेको छ।

कारोबारका आधारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्