Logo
Logo

आजदेखि खुल्यो मानुषी लघुवित्तको आइपिओ


दृष्टि संवाददाता

630
Shares

काठमाडौं । मानुषी लघुवित्तको प्राथमिक सेयर (आइपिओ) आजदेखि खुलेको छ । सो कम्पनीको आइपिओमा साउन ३१ गते आयतबारसम्म आवेदन दिन सकिनेछ ।

अंकित मूल्य १ सयका दरले सर्वसाधारण समूहको कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपिओ कम्पनीले जारी गरेको छ ।

जसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ । यसमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९५४ पैसा छ । केयर रेटिङ नेपालले कम्पनीको आइपिओलाई बी प्लस रेटिङ प्रदान गरेको छ । अनलाइन प्रणाली मेरो सेयर र आफ्नो बैंक खाता रहेको शाखाबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्