Logo
Logo

थप ३ हजार ४८१ जनामा कोरोना पुष्टि, ३० जनाको मृत्यु


दृष्टि संवाददाता

1.1k
Shares

काठमाडौं । नेपालमा सोमबार थप ३ हजार ४८१जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा २ हजार ६१६ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा कुल १० हजार ९०७ पीसीआर र ५ हजार ७४९ जनामा एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो ।

गत २४ घण्टाभित्र नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार १८० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८८५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रणमुक्त हुनेको संख्या ६ लाख ७५ हजार ८३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले देशभर ३८ हजार ३३ संक्रिय संक्रमित रहको स्वास्थ्य मन्त्रालयले जनाएको ।

प्रतिक्रिया दिनुहोस्