काठमाडाैं । आईसीसीको टी-ट्वान्टी वरीयतामा नेपालका चार खेलाडी समावेश भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको टी-ट्वान्टीको नयाँ वरीयतामा नेपालका चार खेलाडी अटाएका हुन् ।
नयाँ वरीयता अनुसार नेपालका युवा खेलाडी कुशल भुर्तेलको वरीयता यथावत छ भने क्रिकेटबाट सन्यास लिएका पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल र सन्दीप लामिछानेकाे वरीयतामा भने सुधार भएकाे हाे ।
पारस ९० औं स्थानमा उक्लिएका छन् भने कप्तान मल्ल ९४ औं स्थानमा उक्लिएका छन् । बलिङ वरीयतामा लामिछाने ७७ औं स्थानमा छन् ।
नेपालको टी-ट्वान्टी र एकदिवसीय वरीयता भने यथावत छ । टी-ट्वान्टीतर्फको नयाँ वरीयतामा नेपाल १२ औं स्थानमा छ ।