Logo
Logo

सरकारले खोप केन्द्रको संख्या १६ हजार पुर्‍याउने


दृष्टि संवाददाता

1.8k
Shares

काठमाडाैं । सरकारले कोभिड–१९ विरुद्धको खोप लगाउने केन्द्र विस्तार गरी १६ हजार पुर्‍याउने भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमार्फत खोप केन्द्र १६ हजार पुर्‍याउने सरकारको योजना रहेको बताएका हुन् ।

श्रेष्ठले लेखेका छन्, ‘अहिले ४,४२२ खोप केन्द्र रहेकोमा खोपको आपूर्ति बढाएर १६ हजार खोप केन्द्रबाट कोभिड–१९ विरुद्धको खोप वितरण गर्ने योजना छ ।’

श्रेष्ठले खोपको आपूर्ति बढाएर आगामी चैत मसान्तभत्रि सम्पूर्ण नागरिकलाई खोप लगाइसक्ने प्रतिवद्धता समेत दोहोर्‍याएका छन् ।

खोप केन्द्र अव्यवस्थित बनेको भन्दै जनगुनासो बढेपछि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार काठमाडौंस्थित शिक्षण अस्पताल, चपलीहाइट लगायतका खोप केन्द्रको अनुगमन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्