Logo
Logo

कांग्रेस जिल्ला सभापतिहरुको निष्कर्ष, ‘अहिलेको अवस्थामा महाधिवेशन असम्भव’


दृष्टि संवाददाता

630
Shares


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट जिल्ला सभापतिहरुले अहिलेको अवस्थामा महाधिवेशन गर्न नसकिने निष्कर्ष निकालेका छन् । बिहीबार ललितपुरस्थित समीट होटलमा बसेको भेलाले ६ बुँदे सुझाव तयार पार्दै यस्तो निष्कर्ष निकालेको हो ।

६ बुँदे सुझावमा महाधिवेशनबारे उल्लेख गरिएको बताउँदै ओखलढुंगाका जिल्ला सभापति प्रदीपकुमार सुनुवारले भने, ‘अहिलेको अवस्थामा निर्धारित समयमा महाधिवेशन गर्न सम्भव छैन ।’ आजको जिल्ला सभापतिहरुको भेलाले कोरोना संक्रमणको अवस्था हेरेर महाधिवेशनको अर्को मिति तय गर्न सुझाव दिएको छ । भेलाले तयार पारेको निष्कर्ष आजै पार्टी सभापति देउवालाई बुझाउँदैछन् ।

प्रतिक्रिया दिनुहोस्