Logo
Logo

सरकारलाई पूर्णता दिनेबारे प्रधानमन्त्री-प्रचण्डबीच छलफल


2.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको एक महिना वित्नै लाग्यो । तर, अझै मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । मन्त्रिपरिषद विस्तार हुन नसक्नुमा गठबन्धन दलहरुमा आ–आफ्नै तर्क छ ।

यसैबीच बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । भेटमा मन्त्रिपरिषद विस्तार ढिलाइ भएकोबारे छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भएको भेटमा सरकारलाई तत्काल पूर्णता दिने विषयमा छलफल भएको छ । प्रधानमन्त्री देउवाले २९ असारमा प्रधानमन्त्रीको सपथ लिएका थिए । सरकार गठन भएको एक महिनासम्म पनि सरकारलाई पूर्णता नदिएको भन्दै प्रधानमन्त्री देउवाको आलोचना हुँदै आएको छ । सत्ता गठबन्धनबीच कुरा मिल्न नसक्दा सरकारले पूर्णता पाउन सकेको छैन ।

प्रधानमन्त्री देउवा आफ्नो पार्टीको महाधिवेशनको नयाँ मिति तय भएपछिमात्रै सरकारलाई पूर्णता लिने पक्षमा रहेको बताइन्छ । तर, कांग्रेस महाधिवेशन समेत तोकिएको समयमा हुन नसक्ने निश्चित जस्तै देखिएको छ । कांग्रेसभित्र महाधिवेशनको नयाँ मिति तोक्ने विषयमा बिहीबार केन्द्रीय कमिटी बैठक बस्दैछ । पार्टीभित्रको विवाद र अन्य सत्ता गठबन्धनका दलहरुले मन्त्री चयन गरिनसकेकाले सरकारले पूर्णता पाउन अझै केही दिन लाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्