Logo
Logo

भ्रष्टाचार मुद्दामा फरार रहेका पुर्व वनमन्त्रीका पीए पक्राउ


175.5k
Shares


काठमाडौं । भ्रष्टाचार मुद्दामा अदालतबाट दोषी ठहर भएका तत्कालिन वनराज्य मन्त्रीका स्वकीय सचिव आठ वर्षपछि पक्राउ परेका छन् । सर्वोच्च अदालतबाट सजाय सुनाईएको ८ वर्षपछि पूर्व वनराज्य मन्त्री लक्ष्मण मेहताका स्वकीय सचिव नागेन्द्र प्रसाद यादव पक्राउ परेका हुन् ।


ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको हो । पक्राउ गरी फैसला कार्यान्वयनको क्रममा यादवलाई आज जिल्ला अदालत सिरहामा बुझाएको छ ।जिल्ला अदालत सिरहाले यादवलाई जिल्ला कारागार सिरहा चलान गरेको छ ।

सर्वोच्च अदालतले २०७० असार ३१ मा भ्रष्टाचार गरेको प्रमाणित गरेपछि यादव फरार थिए । सर्वोच्च अदालतले १ महिना २० दिन कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । फैसला कार्यान्वयन गर्न अदालतको निर्देशन अनुसार खोजविन गर्ने क्रमम पक्राउ गरिएको प्रहरी प्रवक्ता डिएसपी सुभाष बुढाथोकीले बताए ।

यादव ५० हजार घुस लिँदालिँदै २०६८ फागुन १७ मा रंगेहात पक्राउ परेका थिए । काठमाडौंको बिजुलीबजार स्थित पिकप्वाईन्ट रेष्टुरेन्टमा घुस लिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो । त्यतिबेला यादव ५० हजार रुपैयाँ धरौटीमा छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्