काठमाडौं, १ बैशाख ।
चालकको लापरबाहीका कारण लुक्ला विमानस्थलमा हवाई दुर्घटना भएको छ । उड्न लागेको श्री एयरलाइन्सको हेलिकोप्टरले विमानस्थलमा रहेका समिर एयरको विमानलाई ठक्कर दिदा दुर्घटना भएको हो ।
दुर्घटनामा एक प्रहरीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यात्रुहरु भने सबै सुरक्षित छन् ।