Logo
Logo

जेष्ठ नागरिकलाई घरमै खोप दिन सर्वोच्चको निर्देशन


1.1k
Shares

काठमाडौं । ज्येष्ठ नागरिकलाई घर–घरमा पुगेर कोभिड–१९ विरुद्धको खोप सेवा प्रदान गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देशन दिएको छ ।

अधिवक्त प्रवेश केसीले ज्येष्ठ नागरिकलाई खोपमा सहजता गर्न माग गर्दै गरेको दायरमा गरेको रिटमा शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगाना फैसला गर्दै घर–घरमा पुगेर खोप दिन सरकारलाई निर्देशन दिएको हो ।

सर्वोच्चको आदेशमा भनिएको छ– ‘खोप केन्द्रमा जान असमर्थ ज्येष्ठ नागरिक, विस्तारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घ रोगीहरु तथा फरक क्षमता भएका, दुवै आँखा नदेख्ने व्यक्तिहरु समेतका लागि राज्यले वडास्तरबाट लगत संकलन गरी वा उपयुक्त अन्य माध्यमबाट पहिचान गरी घर–घरमा पुगी कोभिडको खोप सेवा उपलब्ध गराउने कार्यक्रम र मनासिब समय र तालिका तर्जुमा गरी सोको उपयुक्त सूचना प्रवाह गरी कार्यक्रम सञ्चालन गर्नु गराउनू ।’

प्रतिक्रिया दिनुहोस्