Logo
Logo

नेता पाण्डे र आचार्य किन गए आकस्मिक दिल्ली ?


52.5k
Shares

काठमाडौं । पार्टी विभाजनको संघारमा पुगेका अवस्थामा नेकपा एमालेका दुई नेता आकस्मिक दिल्ली पुगेका छन् । पछिल्लो समय वरिष्ठ नेता माधवकुमार नेपालबाट टाढा हुँदै केपी ओली नजिक देखिएका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र सचिव भीम आचार्य दिल्ली पुगेका छन् ।

एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल दिल्लीको एपोलो अस्पतालमा उपचाररत छन् । मृगौला प्रत्यारोजन गरेपछि दिल्लीको अस्पतालमा रहेका वरिष्ठ नेता खनाललाई भेट्ने निहुँ बनाएर दिल्ली पुगेका हुन् । ‘कानुनीरुपमा केपी ओली नै एमालेको अध्यक्ष हुन्’ भन्ने अभिव्यक्ति दिएको दोस्रो दिन पाण्डे सचिव आचार्यलाई लिएर दिल्ली प्रस्थान गरेको उनी निकट स्रोतले बताएको छ ।

केपी ओली नजिक भएपछि नेपाल समुह विभाजन गर्न पाण्डे र आचार्य लागि परेका छन् । बरिष्ठ नेता नेपालबाट खनाललाई अलग गराउन दुई नेता दिल्ली पुगेको आँकलन गरिएको छ ।

खनाल दिल्ली उपचारमा जानुअघि यी दुई नेताले खनालका नाममा विज्ञप्ती जारी गरेका थिए । खनालले ‘अहिले विज्ञप्ती जारी नगरौँ’ भन्दाभन्दै विज्ञप्ती जारी गरिएको थियो । पछि खनाल आफैँले दिल्ली अस्पतालबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन अपिल जारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्