Logo
Logo

माओवादी बैठकमा प्रचण्डको प्रस्तावमाथि छलफल हुँदै


1.6k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । आजको बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि छलफल सुरु हुने भएको छ ।

बैठकको कार्यतालिका अनुसार अध्यक्ष प्रचण्डले पेस गरेको संगठनात्मक, राजनीतिक र विधान सम्बन्धी प्रस्तावका विषयमा आइतवार ११ बजेबाट छलफल सुरु हुँदैछ ।

प्रस्तावमाथि छलफल गर्न केन्द्रीय सदस्यहरुलाई आठ वटा समूहमा बाँडिएको छ । नेता नारायणकाजी श्रेष्ठ (प्रकाश)लेसमूहगत रुपमा छलफल गरी टोली नेताले निष्कर्षहरु बैठकमा पेश गर्ने जानकारी दिए ।

नेकपा माओवादी अध्यक्ष प्रचण्डले शनिबारको बैठकमा आठ पृष्ठ लामो राजनीतिक तथा सांगठनिक प्रस्ताव कम्तीमा पेश गरेका थिए । सो प्रस्तावमा आगामी निर्वाचनसम्म वाम-लोकतान्त्रिक गठबन्धन कायम राख्ने लगायतका विषय छन् ।

सदस्यहरुको सुझावलाई समेत समेटेर प्रस्ताव पारित गर्ने र पार्टीको सांगठनिक संचरना तथा राष्ट्रिय सम्मेलनको विषयमा समेत बैठकले निर्णय गर्ने तयारी छ ।

प्रचण्डले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन् । भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान चलाउने, असोज १० गते सेल र टोल भेला गर्ने, २० गते वडा सम्मेलन, ३० गते पालिका सम्मेलन, कात्तिक ३० गते जिल्ला सम्मेलन र मंसिर १५ गते प्रदेश सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव छ ।

प्रतिक्रिया दिनुहोस्