Logo
Logo

प्रहरीमा एक करोड भ्रष्टाचार, असइलाई मुद्दा, हाकिमलाई उन्मुक्ति


204.4k
Shares


काठमाडौं । नेपाल प्रहरीले कल्याण कोषमार्फत सञ्चालन गरेको पेट्रोल पम्पमा रकम हिनामिना गरेको आरोपमा प्रहरी सहायक निरीक्षक(असइ) दिलिप कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । तर, यसमा संलग्न अन्य प्रहरीले भने उन्मुक्ति पाएका छन् ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड तीन लाख ९७ हजार नौ सय ३७ रुपैयाँ बिगो कायम गरी असइ कार्कीविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।


असइ कार्कीले पेट्रोल पम्पको आम्दानी आफ्नो खातामा राखेर हिनामिना गरेका थिए । पछि लेखा परीक्षणको क्रममा त्यससम्बन्धि खुलेपछि प्रहरीले यससम्बन्धमा अख्तियारलाई जानकारी गराएको थियो । गत वर्ष असइ कार्कीलाई नियन्त्रणमै लिएर प्रहरीले आयोगलाई बुझाएको थियो । करिब तीन वर्षको अवधिमा उनले पेट्रोल पम्पको एक करोड रुपैयाँ हिनामिना गरेका हुन् ।


यो हिनामिनामा कल्याण शाखा तथा पेट्रोल पम्पका अन्य प्रहरीको समेत मिलेमतो रहेको बताइएपछि असइ कार्कीले अन्यको नाम नलिएपछि उनीहरुले उन्मुक्ति पाएका हुन् ।सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक भएको बेला यस्तो हिनामिना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्