Logo
Logo

प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीलाई माओवादीको संस्थागत मान्यता


1.4k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति शासनमा मुलुकलाई लैजानुपर्ने विषयमा छलफल भएको छ ।

अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक तथा सांगठानिक प्रस्तावमाथि समूहगत छलफलपछि ८ वटा टोली नेताले सुझाव पेस गर्ने क्रममा मुलुकको शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्णसमानुपातिक निर्वाचन प्रणालीको नीतिमा जानुपर्ने विषयलाई अघि बढाइएको हो ।

नेताहरूका अनुसार यो विषयले संस्थागत मान्यता पाएको छ । त्यस्तै बैठकमा नेताहरूले एमसीसीको बारेमा माओवादीको असहमति जनताले बुझ्ने भाषामा आउनुपर्ने सुझाव समेत नेताहरूले पेश गरेका छन् ।

बैठकमा सुझाव पेस गर्ने क्रममा नेताहरूले सरकार सन्चालन गर्न संयन्त्र बनाउन र जनयुद्धका शहीदलाई राष्ट्रिय शहीदका रूपमा निर्णय गरी राजपत्रमा प्रकाशित गर्न पार्टीले पहल लिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्