Logo
Logo

तालिबानले भन्याे- ‘हामी प्रतिशाेध लिदैनाैँ’


36k
Shares

एजेन्सी । तालिबानले अफगानिस्तानका जनतामाथि कुनै बदला नलिने जनाएकाे छ ।

तालिबानका प्रवक्ता सुहेल शाहीनले प्रत्यक्ष प्रशारणमा अफगानिस्तानका जनतामाथि कुनै बदला नलिने बताएका हुन् ।

“हामी अफगानिस्तानका जनतालाई, विशेष गरी काबुल शहरमा, उनीहरुको सम्पत्ति, उनीहरुको जीवन सुरक्षित छ भन्ने आश्वासन दिन्छौं – कसैसंग बदला लिने छैनौं,” उनले भने ,”हामी जनता र यस देशको सेवक हौं।”

धेरै अफगानहरु सन् १९९० को शासनमा क्रूरतापूर्वक फर्कने त्रासमा छन् । तत्कालीन समयमा तालिबानले सार्वजनिक हत्या, ढुंगामुढा र महिलाहरूलाई विद्यालय जान प्रतिबन्ध लगाएको थियो।

प्रतिक्रिया दिनुहोस्