Logo
Logo

दोस्रो डोज खोप पाएका ज्येष्ठ नागरिक भन्छन्ः अब त बाँचिएला


441
Shares

काठमाडौं । ८१ वर्षीया नेत्रकुमारी खाँड आइतबार पोखरा–१० रामबजारको खोप केन्द्रमा कोरोनाविरुद्ध दोस्रो खेपको खोप लगाउन आएकी थिइन । यसअघि उनले कोरोनाविरुद्ध कोभिसिल्डको पहिलो मात्रा खोप लगाएकी थिइन् । लामो समयको अन्तराल र अन्योलबीच दोस्रो मात्रा खोप लगाउन पाउँदा उनी खुसी थिइन् ।

कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका उनीजस्ता ६५ वर्ष उमेर समूहमाथिका जेष्ठ नागरिकका लागि आइबारदेखि एस्ट्राजेनिका खोप दिन थालिएको छ । पाँच महिनापछि दोस्रो खोप लगाउन पाएकोमा उनमा खुसीको सीमा थिएन । उनले दोस्रो मात्रा भने एस्ट्राजेनिका खोप लगाइन् ।

अरू उमेर समूहका नागरिकले यसअघि नै दुई डोज खोप लगाएको भए पनि ६५ वर्ष उमेरमाथिको समूहले भने कोभिसिल्डको पहिलो खेपको खोप मात्रा पाएको थियो । कोभिसिल्डको दोस्रो डोज नआएपछि ज्येष्ठ नागरिकको खोप अभियान रोकिएको थियो । अहिले एस्ट्राजेनिका खोप आएपछि बल्ल ज्येष्ठ नागरिकले दोस्रो खेप पाएका छन् ।

‘पहिलो खोप लगाएकाले पनि हुनसक्छ, यसबीचमा केही समस्या भएन,’ खाँडले भनिन्, ‘अब त अलि सुरक्षित भइन्छ कि झैँ लागेको छ । यसबीचमा भगवानले बचाएकै हुन् ।’ कोरोनाका कारण धेरै मुलुकमा वृद्धवृद्धा अप्ठेरोमा परेकोमा उनलाई चिन्ता थियो । ‘अब त केही सजिलो हुन्छ कि  ? अघिल्लोपटक खोप लगाउँदा पनि मलाई कुनै अप्ठेरो भएन । योपटक पनि केही समस्या नहोला,’ खाँडको भनाइ थियो, ‘अब त थप केही समय बाँचिएला ।’, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्