Logo
Logo

अफगान घटनाबारे जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ


252
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा विद्रोही तालिवानले सत्ता कब्जा गरेको र त्यहाँ रहेका नेपालीकाे वस्थाबारे यथार्थ जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले अफगानिस्तान भएको पछिल्लो राजनीतिक घटनाक्रमबारे सार्कको अध्यक्ष राष्ट्रको नाताले नेपालले कुनै प्रतिक्रिया नजनाएको भन्दै रुलिङ माग गरेका थिए ।

बासकोटाको माग लगत्तै सभामुख सापकोटाले सरकारलाई रुलिङ गरेका हुन् । सभामुखले भने– ‘हालै अफगानिस्तानमा विकसित घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीहरूका सम्बन्धमा प्रतिनिधिसभासहित मेरो गम्भीर ध्यानाकर्षण भएको छ । त्यहाँ रहेका नेपालीहरु सुरक्षित रुपमा रहने वातावरण बनाउन र यथाशीघ्र सकुशल ल्याउने व्यवस्था गर्न र सो सम्बन्धी यथार्थ विवरण सभाको आगामी बैठकमा जानकारी गराउन नेपाल सरकारलाई निर्देश गर्दछु ।’

विद्रोही तालिवान समूहले आइतबार नै अफगानिस्तान कब्जा गरेका थिए । तालिवानले सत्ता कब्जा गर्ने भएपछि अफगान राष्ट्रपति र उपराष्ट्रपतिले सुरक्षा खतरा रहेको भन्दै देश छोडेका थिए ।

प्रतिक्रिया दिनुहोस्