Logo
Logo

गृह मन्त्रालयद्वारा सिडिओको व्यापक हेरफेरको तयारी


722k
Shares


काठमाडौं । गृह मन्त्रालयले ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी(सिडिओ)को हेरफेर तयारी थालेको छ । काठमाडौं लगायत जिल्लाका सिडिओ हेरफेर गर्न लागिएको छ ।


काठमाडौंका सिडिओ कालिप्रसाद पराजुलीलाई एक वर्ष नपुगी हटाउने तयारी भइरहेको छ । जहाँ आधा दर्जन सहसचिवको दौड छ । गृहको कर्मचारी प्रशासन महाशाखाकै प्रमुख गोविन्द रिजालदेखि तिर्थराज भट्टराई लगायत काठमाडौंको सिडिओ हुने दाउमा छन् । त्यस्तै कांग्रेस निकट भनेर चिनिएका यज्ञ कोइराला पनि दौडधुपमा लागेका छन् ।


लामो समय सिडिओमा कम्युनिष्टहरुको हालिमुहाली भएकाले उनीहरुलाई हटाएर कांग्रेस निकट कर्मचारीलाई पठाउन लागिएको छ । अब जिल्ला जाने सिडिओले स्थानीय तहको समेत निर्वाचन गराउने भएकाले छानी– छानी पठाउन लागिएको छ । कतिपय कर्मचारी आर्थिक चलखेलका आधारमा सिडिओ बन्ने दाउमा समेत मन्त्रिनिकटसँग भेटघाटमा लागेका छन् । दुई साताअघिदेखि नै गृहमा सिडिओ सरुवाको सूची बनेपनि कुरा नमिल्दा निर्णय हुन नसकेको स्रोत बताउँछ ।


हालै गृहमा आएका टेकनारायण पाण्डेले गृहको अनभुव नै नभएका आफु निकट केही सहसचिव र उपसचिवलाई पनि सिडिओमा पठाउने तयारी गरेका छन् । उनी आफैं पनि गृहको अनुभव नभएका कर्मचारी हुन् ।

प्रतिक्रिया दिनुहोस्