Logo
Logo

अफगानिस्तान गएका १२७ नेपाली काठमाडौं आइपुगे


2.8k
Shares

काठमाडौं । अफगानिस्तानबाट कतार हुँदै १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् ।

आज बिहान उनीहरु जजिरा एयरको विमानमार्फत् काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

अमेरिकी एयरफोर्सले अफगानिस्तानको काबुलबाट उनीहरुलाई उद्धार गरेर कतारको दोहा पुर्याएको थियो । दोहाबाट कुबेत हुँदै उनीहरुलाई काठमाडौं ल्याइएको हो ।

अफगानिस्तानबाट कुबेत हुँदै १२७ नेपाली आज बिहान काठमाडौं आइपुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले जानकारी दिए । परराष्ट्र मन्त्रालयले भने ११८ जना नेपाली काठमाडौं आएको ट्वीटरमार्फत् जनाएको छ ।

उनीहरुलाई लिन नेपाली सेनाको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ । अफगानिस्तानबाट आएका नेपालीहरुलाई सामाखुसीस्थित एक क्वारेन्टिनमा राख्ने र प्रक्रिया पुर्याएर घर फर्काइने सुरक्षा स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्