Logo
Logo

अन्तिम अवस्थामा माधवलाई बामदेवको साथ


17.7k
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम पछिल्लो समय अध्यक्ष केपी शर्मा ओली समूहको बैठकमा सहभागी हुँदै आएका थिए । तर, दल विभाजन हुने भएपछि गौतम वरिष्ठ नेता माधवकुमार नेपालसँगै रहने भएका छन् ।

ओली समूहको बैठकमा सहभागी हुँदै आएका गौतम नेपाल समूहको बैठकमा सहभागी भएका छैनन् । तर, यसअघि नै पार्टी विभाजन हुने अवस्था आए नेपाल समूहमै रहने बताइसकेका थिए । ओली समूहमा रहँदै आएका गौतम पत्नी तुलसा थापासमेत आज माधव समूहको केन्द्रीय सदस्य र सांसदहरूको छलफलमा सहभागी भएका थिए ।

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि एमाले विभाजन हुने लगभग निश्चित भएको छ । सरकारले अध्यादेश ल्याएपछि अब उहाँले के गर्नु हुन्छ ? भन्ने प्रश्नमा गौतमको सचिवालयले नयाँ दल गठन हुने अवस्थामा उहाँ माधव समूहमै रहने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्