Logo
Logo

सेयर बजार स्थिर हुँदा पनि सवा १८ अर्बको किनबेच


378
Shares

काठमाडौं । मंगलबार शेयर बजार नेप्से परिसूचक ० दशमलव २३ अंकले बढेर ३ हजार १ सय ६० दशमलव ३२ को विन्दुमा कायम भएको छ ।
मंगलबार दिनभरिमा २ सय २१ वटा कम्पनीको ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब २० करोड ४९ लाख ३९ हजार रुपैयाँको शेयर कारोेबार भएको छ ।

मंगलबार सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ८६ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, हाइड्रोइलेक्टीसिटीको ६२ करोड ४० लाख, अरुण कावेली पावर कम्पनीको ६० करोड ३४ लाख, रिडी हाइड्रोपावर कम्पनीको ५५ करोड १९ लाख र अरुण भ्याली हाइड्रोपावर कम्पनीको ४३ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्