Logo
Logo

प्राधिकरणमा कुलमान नियुक्तिविरुद्ध रिटमाथि आज सुनुवाइ हुँदै


504
Shares

काठमाडौं । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तबिरुद्ध परेको रिट उपर बुधबार सुनुवाइ हुँदैछ ।

प्रधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ३२ साउनमा पद ‘थमौती गरि पाउँ’ भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिट निवेदनमाथि आज सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको बेन्चमा सुनुवाइ हुँदैछ ।

रिटमा शाक्यले पदाधिकारीबाट आफुलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफुलाई हटाएर कुलमानलाई ल्याउँदा ‘संविधान संवत् अधिकार हनन भएको’ दावी गरेका छन् । सरकारले शाक्यलाई प्राधिकरणको कार्यकारी पदबाट हटाएर जल तथा ऊर्जा आयोगको पूर्णकालीन सदस्यको जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्