Logo
Logo

महन्थको पार्टीको नाम जसपा लोकतान्त्रिक, चुनाव चिह्न साइकल


1.3k
Shares

काठमाडौं । जनता समावादी पार्टी (जसपा)का नेता महन्थ ठाकुर समूहले नयाँ दल दर्ता गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीति दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेसँगै ठाकुर समूह नयाँ दल दर्ताको तयारीमा जुटेको हो । ठाकुर समूहले नाम र चुनाव चिह्न समेत टुंगो लगाइसकेको बताइएको छ ।

स्रोतका अनुसार उक्त समूहले पार्टीको नाम जसपा लोकतान्त्रिक नेपाल र चुनाव चिह्न साइकल राख्ने निर्णय गरेको छ । यस्तै, पार्टी केन्द्रीय कार्यकारिणी समितिमा २३ र २४ जना रहने गरी दुईवटा प्रस्ताव तयार पारेको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत सदस्य भए नयाँ दल गठन गर्न सक्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्