Logo
Logo

माधव नेपालको नयाँ पार्टीमा भीम, गोकर्ण र योगेश नजाने


23.2k
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गठन गर्ने नयाँ पार्टीमा केही स्थायी कमिटी सदस्यहरू सहाभागी नहुने भएका छन् ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीति दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेलगत्तै माधव समूह नयाँ दल दर्ताको लागि जुटेको छ ।माधव समूहले नयाँ पार्टीको नाम र चुनाव चिह्न पनि टुंगो लगाइसकेको बताइएको छ । त्यस्तै प्रस्तावित पार्टीको विधान र संरचना समेत तयार भइसकेको बताइएको छ ।

तर, माधव समूहमा खुलेका तीन जना स्थायी कमिटी सदस्य भने नयाँ पार्टीमा सहभागी नहुने भएका छन् । उपाध्यक्ष भीम रावल, सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराई माधव नेपालले गठन गर्ने नयाँ पार्टीमा सहभागी नहुने भएका हुन् ।

राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरण गरेलगत्तै माधव समूहको सांसद र केन्द्रीय सदस्य बानेश्वरस्थित अर्याल होटलमा भेला भएकाे छ । उक्त भेलामा पनि रावल, भट्टराई र विष्ट सहभागी भएनन् ।

प्रतिक्रिया दिनुहोस्