Logo
Logo

जसपा लोकतान्त्रिक दर्ता : ठाकुर अध्यक्ष, महतो वरिष्ठ नेता


3.9k
Shares

काठमाडौं । महन्थ ठाकुर–राजेन्द्र महतो समूहले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निबेदन दिएका छन् । ठाकुर अध्यक्ष र महतो वरिष्ठ नेता रहने गरी आयोगमा आज निबेदन दर्ता भएको छ ।

अध्यक्ष ठाकुर रहेको पार्टीको नाम जनता समाजवादी पार्टी जसपा लोकतान्त्रिक राखिएको छ । पार्टीले चुनाव चिन्ह साइकल राखेको छ । साईकल चुनाव चिन्ह यस अघि शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीको रहेको थियो । भण्डारी पनि ठाकुर नेतृत्वकै नयाँ दलमा छन् ।

जसपामा विवाद भएपछि आयोगले यसअघि पार्टीको आधिकारिकता अध्यक्ष उपेन्द्र यादवलाई दिएको थियो । यादवले आधिकारिता पाएपछि ठाकुर, महतो सहितका नेतालाई कार्यकारिणी सदस्यबाट कारवाही गरेका थिए । उनीहरु जसपाको साधारण सदस्य मात्रै हुन् । त्यस अघि ठाकुर र यादव दुई जना जसपाको अध्यक्ष थिए ।

नयाँ दर्ता गरिएको जसपा लोकतान्त्रिकमा २४ सदस्यीय केन्द्रीय कार्यकारिणी सदस्य रहने नेता चन्दा चौधरीले बताईन् ।

प्रतिक्रिया दिनुहोस्