Logo
Logo

माधव नेपालको सुरक्षा बढाइयो


9.3k
Shares

काठमाडाैं । नेकपा एमालेबाट विभाजन भएर नयाँ पार्टी दर्ता गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षा बढाइएको छ । सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै हाल अस्थायी रूपम उनको सुरक्षा बढाइएको हो ।

प्रहरी प्रधान कार्यालयले नेपालको सुरक्षामा एउटा गाडीसहित पाँच जना सुरक्षाकर्मी खटाएको छ । नेता नेपालको सुरक्षामा प्रहरी नायब निरीक्षकको नेतृत्वको टोली खटिएको छ । यसअघि माधवको सुरक्षामा नेपाल प्रहरीका दुई जना र सशस्त्रको गाडीसहितको टोली थियो ।

भिभिआइपीरभिआइपीको सुरक्षासम्बन्धी निर्देशिका २०७७ कार्यान्वयनमा आएपछि नेपालको सुरक्षामा रहेको अगुवा गाडीसहितको टोली फिर्ता गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्